पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण


आश्विन २४, काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएको छ ।

मन्त्री भट्टराईले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी शनिबार सामाजिक सञ्जालमार्फत दिएका छन् ।

उनले बताए अनुसार सोमबार परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आए पनि शुक्रबारदेखि हल्का ज्वरो आएपछि शनिबार पुनः परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको छ ।

मन्त्री भट्टराईले आफूसँग केही दिनयता सम्पर्कमा आएका सबैलाई सतर्क रहन र कुनै समस्या देखिएमा परीक्षण समेत गराउन अनुरोध गरेका छन् । उनले हालसम्म आफूलाई हल्का ज्वरो बाहेक समस्या नदेखिएको बताएका छन् ।