फुटबल खेल्न नेपाल आएका विदेशी खेलाडीलाई आर्थिक सहयोग


काठमाडौं, कात्तिक १ । फुटबल खेल्न नेपाल आएका विदेशी खेलाडीलाई शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा)को पहिलो ब्याचले आर्थिक सहयोग गरेको छ ।

लिग सकिएपनि नेपालमा नै रहेका तर कोरोनाभाइरसका कारण फर्किन नपाएका विदेशी खेलाडीलाई एन्फाको पहिलो ब्याचको अगुवाइमा आर्थिक सहयोग गरिएको हो ।

आर्थिक हिसाबमा समेत अप्ठेरो अवस्थामा भएका खेलाडीहरुलाई सहयोग गरिएको बताइएको छ ।

विभिन्न माध्ययमबाट संकलन गरिएको रकमलाई दीपकुमार राई र एम्फा एकेडेमीका पहिलो ब्याचका खेलाडीको हातबाट विदेशी खेलाडीलाई हस्तान्तरण गरिएको हो ।

सहयोग पाएका विदेशी खेलाडी फ्लोरेन्ट कोआरले अप्ठेरो परेको बेला सहयोग पाउँदा खुसी लागेको बताउनुभयो ।

२७ जना खेलाडीलाई आर्थिक सहयोग गरिएको छ ।

आर्थिक सहयोगका लागि अमेरिकामा बस्दै आएका विभिन्न पूर्वखेलाडीको सहयोगमा कुल तीन लाख ७ हजार रुपैयाँ प्रदान गरिएको हो । जसमा एकजना खेलाडीले १२ हजार रुपैयाँको दरले पाएका छन् । इमेजखबर