कोरोनामुक्त पछिको पहिलो खेलमै रोनाल्डोले गरे दुई गोल

काठमाडौं, १७ कात्तिक । इटालियन सिरी ए फुटबलअन्तर्गत गएराति सम्पन्‍न खेलमा युभेन्ट्स विजयी भएको छ । युभेन्ट्सले स्पेजियालाई उसैको मैदानमा ४-१ ले हराएको हो ।
युभेन्ट्सको जीतमा स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले २ गोल गरे । त्यसैगरी अल्भारो मोराटा र एड्रियन रेबियटले १ १ गोल गरे ।
खेलको १६ औं मिनेटमा स्पेनिस फरवार्ड अल्भारो मोराटाले युभेन्टसलाई अग्रता दिलाएका थिए । घरेलु टोलीले ३२ औं मिनेटमा टोमासो पोबेगाको गोलमा खेल बराबरी गर्यो ।
५६औं मिनेटमा पउलो डिबालाको स्थानमा मैदान प्रवेश गरेका रोनाल्डोले त्यसको ३ मिनेटमै गोल गरे । ७७औं मिनेटमा पाएको पेनाल्टीमा पनि रोनाल्डोले गोल गरे । त्यसअघि ६८औं मिनेटमा एड्रीएन राबीओटले पनि गोल गरेका थिए । यसरी युभेन्ट्स खेलमा ४-१ ले विजयी भयो ।
कोरोना संक्रमण पुष्टि भएपछि रोनाल्डोले पछिल्ला ३ सातामा भएका खेलहरु गुमाएका थिए । तर संक्रमणमुक्त भएसँगै मैदानमा फर्किएको पहिलो खेलमै रोनाल्डोले आफ्नो फिट्नेस र फर्ममा कुनै पनि प्रभाव नपरेको पुष्टि गरे ।