दुई गोल सहित मेसीको उत्कृष्ट प्रदर्शनी संगै बार्सिलोनाको सानदार जित


२३ कात्तिक, काठमाडौं । कप्तान लिओनेल मेस्सीले दोस्रो हाफमा मैदान प्रवेश गर्दै उत्कृष्ट प्रदर्शन गरेपछि स्पेनिस ला लिगामा क्याटलान क्लब फुटबलअन्तर्गत गएराति सम्पन्‍न खेलमा बार्सिलोनाले रियल बेटिसमाथि ५-२ गोलअन्तरले सहज जित हात पारेको छ ।


बार्सिलोनाको जीतमा कप्तान लियोनल मेसीले दुई गोल गरे भने ओस्मान डेम्बेले, एन्टोइन ग्रीजम्यान र पेड्रीले एक-एक गोल गरे । बेटिसका तर्फबाट एन्टोनियो सानाब्रिया र लोरेन्जो गार्सियाले एक-एक गोल गरे ।
खेलको २२औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ३३औं मिनेटमा बार्सिलोनाले अग्रता दोब्बर पार्ने अवसर गुमायो । बार्सिलोनाले पेनाल्टी प्राप्त गरेपनि ग्रीजमनको पेनाल्टी प्रहार बार्सिलोनाकै पूर्व गोलकिपर क्लाउडियो ब्राभोले बचाए । पहिलो हाफको इन्जुरी टाइममा एन्टोनियो सानाब्रिएले बेटिसका लागि बराबरी गोल फर्काए ।


दोस्रो हाफमा युवा स्टार अंशु फाटीको स्थानमा मेसी मैदान प्रवेश गरेपछि बार्सिलोनाले चार गोल थप्यो । ४९औं मिनेटमा ग्रीजमनले गोल गर्दा बार्सिलोनालाई फेरि अग्रता दिलाए । ६२औं मिनेटमा मेसीले पेनाल्टीमार्फत गोल गरेपछि बार्सिलोनाले ३-१ को अग्रता बनायो ।
४९औं मिनेटमा ग्रीजम्यानले बार्सालाई पुनः अग्रता दिलाए । सब्सचिट्युट भएर आएका मेसीले ६१औं मिनेटमा बार्साका लागि तेस्रो गोल गरे । विपक्षी खेलाडी मान्डीले हातले  बल रोकेपछि पाएको पेनाल्टीमा मेसीले गोल गरेका हुन् । मान्डी त्यसपश्‍चात् दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिर पठाइएपछि बेटिस १० खेलाडीमा सिमित भएको थियो ।
७३औं मिनेटमा गार्सियाले पाहुना टोलीका लागि दोस्रो गोल फर्काए । ८२औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सालाई ४-२ ले अगाडि बढाए । त्यसको दुई मिनेटमा गरेको गोल अमान्य भएपछि उनले ह्‍याट्रिक गर्ने मौका गुमाए । ९०औं मिनेटमा पेड्रीले गोल गर्दै बार्साको ५-२ को जीत पक्का गरे

 
पछिल्ला ४ खेलमा जीत निकाल्न नसकेको बार्सिलोना यस जीतसँगै ७ खेलबाट ११ अंकसहित आठौं स्थानमा उक्लिएको छ । पराजित बेटिस ९ खेलबाट १२ अंकसहित सातौं स्थानमा छ ।