नेपाल रग्बी संघलाई विश्व रग्बी महासंघको सदस्यता


नेपाल रग्बी संघलाई विश्व रग्बी महासंघले सदस्यता प्रदान गरेको छ। विश्व रग्बीको अक्टोबर १८ मा सम्पन्न बैठकले नेपाललाई एसोसिएट सदस्यता दिने निर्णय गरेको नेपाल रग्बी संघले जनाएको छ।

सन् २०१२ मा स्थापना भएको नेपाल रग्बीले २०१८ मा एसिया रग्बी महासंघको पुरक सदस्यता पाएको थियो।

एशिया रग्बी महासंघको सिफारिसमा नेपाललाई एसोसिएट राष्ट्रको मान्यता प्रदान गरेको हो। गत भदौमा एशिया रग्बी महासंघले नेपाललाई पूर्ण सदस्यता प्रदान गर्न विश्व रग्बी महासंघलाई पत्राचार गरेको थियो।

विश्व रग्बीको सदस्यता पाउनु नेपाल रग्बी खेलको विकासको लागि गरेको मेहनतको फल भएको नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले जारी गरेको विज्ञिप्तिमा भनिएको छ। महासंघले सुम्पेको जिम्मेवारी निर्वाह गर्न नेपाल  तयार रहेको समेत विज्ञप्तिमा उल्लेख छ ।