राष्ट्रिय क्रिकेट टिमका पूर्व-कप्तान पारस आइसीसी अवार्डको मनोनयनमा


नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व-कप्तान पारस खड्का 'आइसिसी मेन्स एसोसिएट प्लेयर अफ दि डिकेड' अवार्डकाे मनाेनयनमा परेका छन ।

आइसीसीले सार्वजनिक गरेकाे पुरुष एसोसियट प्लेयर अफ दि डिकेड अवार्डका लागि पारससहित बिभिन्न देशका ६ खेलाडी मनोनयनमा परेका हुन् ।

मनोनित हुनेहरुमा स्कटल्याण्डका तीन खेलाडी परेका छन । नेपालबाट भने पारस एक्लाे खेलाडी याे मनाेनयनमा परेका हुन ।

स्कटल्याण्डबाट मनाेनयनमा पर्ने खेलाडीमा कालुम म्याक्लिओड, केली कोट्जेर र रिची बेरीङटन छन् । यस्तै नेदरल्याण्ड्स र पपुवा न्युगिनीबाट पनि एक एक खेलाडी मनाेनयनमा परेका छन । नेदरल्यान्ड्सबाट याे मनाेनयनमा पर्नेमा पिटर बोरेन र पीएनजीबाट असाद भाला छन् ।

आइसीसीले विजेताको नाम भोटिङकाे आधारमा घाेषणा गर्नेछ । सन् २००२ मा यू-१५ टोलीबाट क्रिकेट खेल्न थालेका पारसले सन् २००९ मा नेपालको कप्तानी गरेका गिए । पारसको १० वर्षे कप्तानीकालमा नेपालले पहिलो पटक टी-२० विश्वकप खेल्नुका साथै एकदिवसीय मान्यता पाएको थियो ।

आइसिसीले विश्व क्रिकेटका पुरुष तथा महिला खेलाडीलाई सम्मान गर्न विभिन्न विधामा अवार्ड दिँदै आएको छ।