सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीहरुलाई जनही चार लाख दिने


२० चैत, काठमाडौं — सरकारले त्रिदेशीय कप 'थ्री नेसन्स कप' फुटबलका विजेता खेलाडीहरुलाई जनही चार लाख रुपैयाँ दिने भएको छ ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीहरुलाई जनही चार-चार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई दुइ–एक गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जित्न सफल भएको थियो । नेपालका लागि खेलको १८ औं मिनेटमा नेपालका संजोग राईले गोल थिए र ४१ ‌औं मिनेटमा  विशाल राईले गोल गरेका थिए । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त गरेको छ ।

त्यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि विजेता खेलाडीलाई जनही एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिसकेको छ ।