पहिलो हाफमा ललितपुरविरुद्ध काठमाडौंको अग्रता


३० वैशाख, काठमाडौं —  खुकुरी नेपाल सुपर लिग अन्तर्गत बिहिबार भैरहेको खेलमा काठमाडौं रेजर्सले फाइनल प्रवेशका लागि भएको एलिमिनेटरको खेलमा ललितपुर सिटी एफसीविरुद्ध अग्रता लिएको छ ।

१४औं मिनेटमा मेसोउके ओलुमोउले गोल गर्दै काठमाडौंलाई १–० को अग्रता दिलाउन सफल भएका हुन। कमल श्रेष्ठले पेनाल्टी बक्समा मेसोउकेलाई लडाएपछि रेफ्री प्रज्वल क्षेत्रीले काठमाडौंलाई पेनाल्टी प्रदान गरेका थिए। जसमा उनले सानदार गोल गर्न सफल भए। गोलरक्षक अर्पण कार्कीले सही दिशामा डाइभ दिएपनि बचाउन असफल हुन पुगे।

२२औं मिनेटमा मेसोउकेले व्यक्तिगत दोस्रो गोल गर्दै काठमाडौंलाई २–० को अग्रता दिलाउन सफल भए। तेज तामाङको पासमा उनले पेनाल्टी बक्सभित्रबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक अर्पण कार्कीको हातमा लाग्दै गोलमा परिणत भएको थियो । यो गोल सँगै उनको यो सिजनमा ब्यक्तिगत सर्बाधिक सात गोल भएको छ। 

त्यसैगरी २८औं मिनेटमा अन्जन विष्टको पासमा गौरव बुढाथोकीको प्रहार बाहिरिदा ललितपुरले गोलअन्तर घटाउन नसक्दा पहिलो हाफको अन्त्य सँगै काठमाडौंलाई २–० को अग्रता कायम रहेको छ ।