सन्दिपले आफुले ३ लाख दिदै सुरू गरे कोरोना संक्रमितको उपचारका लागि कोष संकलन अभियान


४ जेठ, काठमाडौं — कोभिड-१९ महामारी नियन्त्रणका लागि राष्ट्रिय क्रिकेट खेलाडी सन्दिप लामिछानेले अभियान सुरु गरेका छन् ।

उनले सोमबार नगद ३ लाख रुपैयाँ जम्मा गर्दै  ‘टिम सन्दिप’को नामबाट अभियान सुरु गरेको जानकारी दिएका छन । कोरोना संक्रमणको दोस्रो लहरबाट नेपालमा मृत्यु हुने संख्या तीव्र गतिमा बढेको र देशले भयावह स्थितिको सामना गर्नु परेकाले सो अभियान सुरु गरेको उल्लेख गरेका छन।

हजारौं संक्रमित बिरामीहरुले बेड, अक्सिजन, आसियू, भेन्टिलेटको अभावमा ज्यान गुमाइरहेको अवस्था लाइ मध्यनजर गर्दै सहयोग गर्न अपील गरेका छन।

सन्दीपले एकजुट भई आपसी सद्भाव र सहकार्यबाट कोरोना महामारी सामना गर्नुपर्ने बताउदै भनेका छन ‘हाम्रो एकता, दृढ आत्मबल, सकारात्मक सोच, आपसी सद्भाव र सहकार्यले कोरोना विरुद्धको यो लडाइँ पक्कै पनि जित्न सक्छौँ’।

उनले संकलित रकम परादर्शी तवरमा प्रयोगमा ल्याइने बताएका छन। संकलित रकम स्थनीय सरकारसँग समन्वय गर्दै कोभिड संक्रमण रोकथाम ,नियन्त्रण एवम् संक्रमितको उपचारका निम्ति उपलब्ध गराउने जनाएका छन।

सहयोग गर्न चाहानेले सन्दीप लामिछानेको नाममा रहेको सेन्चुरी बैंकको खातामा रकम जम्मा गर्ने सक्नेछन। 

यस अघि राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान पारस खड्काले पनि "कोभिड-१९ बाट नेपाल बचाउनुहोस - ग्लोबल एलायन्स कोष" मार्फत सहयोगको लागी अपिल गरेका थिए ।

खाता विवरण 

बैंक: सेञ्चुरी कमर्सियल बैंक 
खाता वालाको नाम: सन्दिप लामिछानेले
खाता नम्बर: 0170000353CA
शाखा: कोटेश्वर काठमाडौ
स्विफ्ट कोड: CCBNNPKA