इराकसँग मैत्रीपूर्ण खेल खेल्न त्यहाँ पुगेको नेपाली टोलीको प्रशिक्षणको ७ तस्बिर


नेपाली राष्ट्रिय फुटबल टिम इराकसँग मैत्रीपूर्ण खेलका लागि बुधबार त्यहाँ पुगेको थियो। नेपालले शनिबार इराकसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। इराकसँग प्रतिस्पर्धा गरेपछि नेपाली टिम स्थालमार्गबाट विश्वकप छनोट खेल्न कुवेत प्रस्थान गर्नेछ।


नेपालले अब जोर्डन, अस्ट्रेलिया र चाइनिज ताइपेईसँग खेल्न बाँकी छ। नेपालले पहिलो खेल ताइपेईसँग ३ जुनमा, दोस्रो खेल जोर्डनसँग ७ जुन र तेस्रो खेल ११ जुनमा अस्ट्रेलियासँग खेल्नेछ। 

 


 


 


नेपाली टिम

गोलकिपर : किरणकुमार लिम्बु (कप्तान), विशाल सुनार, दीप कार्की 

डिफेन्डर : रोहित चन्द, दिनेश राजवंशी, अनन्त तामाङ, विकास खवास, सुमन अर्याल, गौतम श्रेष्ठ

मिडफिल्डर : विशाल राई, मनिष डाँगी, सुनील बल, कमल थापा, सुरज ज्यू ठकुरी, पुजन उपरकोटी, एरिक विष्ट, आयुष घलान, सन्तोष तामाङ

फरवार्ड :  नवयुग श्रेष्ठ, अन्जन विष्ट,  अभिषेक रिजाल, सुमन लामा, आशिष लामा

विश्वकप छनोट खेलेपछि नेपाली टिम जुन १२ मा स्वदेश फर्कनेछ।