नेपालकी सुटिङ खेलाडी कल्पना परियार टोकियो ओलम्पिक खेल्ने निश्चित


१४ जेष्ठ, काठमाडौं — नेपालकी सुटिङ खेलाडी कल्पना परियारले टोकियो ओलम्पिक खेल्ने निश्चित भएको छ। उनले ओलम्पिक वाइल्ड कार्ड प्राप्त गरेसँगै टोकियो ओलम्पिक खेल्न पाउने निश्चित भएको हो। 

कल्पनाले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन। यससँगै उनी टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गर्ने पहिलो खेलाडी पनि भएकीछिन। 

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले ओलम्पिकमा सबै देशको सहभागिताका लागि छनोट पार नगरे  पनि कतिपय खेलाडीलाई सिधैं छनोट (वाइल्ड कार्ड) गर्छ।

‘नेपाल ओलम्पिक कमिटी र नेपाल सुटिङको अथक प्रयासपछि यो वाइल्ड कार्ड प्राप्त भएको छ,’ नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले भने। 

उनले अन्य खेलमा पनि वाइल्ड कार्डका लागि कोशिस गरिरहेको बताएका छन। टोकियो ओलम्पिक आगामी २३ जुलाई देखि ८ अगस्ट सम्म हुनेछ।

कल्पनासँगै अन्य चार नेपाली खेलाडीले प्रतियोगितामा सहभागी हुने निश्चित भइसकेको छ। 

सहभागी हुने अन्य तीन खेलाडीमा पौडीकी गौरिका सिंह र एलेक्स शाह तथा म्याराथनका गोचीचन्द्र पार्की रहेका छन।