नेपालद्वारा चिनियाँ ताइपेईलाई २-० ले हराउन सफल


२० जेष्ठ, काठमाडौं — फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को छनोट अन्तर्गतको दोस्रो चरणको पहिलो खेलमा नेपाल चाइनिज ताइपेईसँग २–० ले विजयी भएको छ। 

कवेतको जबर अल अहमद अन्तर्राष्ट्रिय रंगशाला सम्पन खेलमा नेपाललाई जितको लागि खेलको चौथो मिनेटमै अञ्जन विष्टले अग्रता दिलाएका थिए। 

उनले पेनाल्टीमार्फत पहिलो गोल गरेका हन। त्यस्तै खेलको अन्तिम ८०औँ मिनेटमा नवयुग श्रेष्ठले दोस्रो गोल गर्दै नेपालको जित पक्का गरेका हुन। 

यो जितसँगै नेपाल फिफा विश्वकप २०२२ को अर्को चरण प्रवेशको झिनो आशा बाँकी राखेको छ भने एसियन कप २०२३ छनोटको सम्भावना बलियो राखेको छ। 

यसअघि नेपालले चाइनिज ताइपेईलाई उसकै घरेलु मैनादमा २–० ले पराजित गरेको थियो । यसअघिको खेलमा नेपाललाई जित दिलाउन दुवै गोल अञ्जन विष्टले नै गरेका थिए। 

नेपालले अब दोस्रो खेल जोर्डनसँग ७ जुन र तेस्रो खेल ११ जुनमा अस्ट्रेलियासँग खेल्नेछ।  त्यस पश्चात नेपाली टिम जुन १२ मा स्वदेश फर्कनेछ।