राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङलाई गोलकिपर अफ दि सिजन अवार्ड


 १५ असार, काठमाडौं — नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले आईलिग फ्यान सिजन अवार्ड जितेका छन। किरणले आइ लिग फ्यान सिजन अवार्डमा गोलकिपर अफ दि सिजन अवार्ड जितेका हुन। उनले गत सिजन राउण्ड ग्लास प्जावबाट लिग खेलेका थिए ।

भारतको शीर्ष डिभिजन लिग हिरो आईलिगले सोमबार चेम्जोङले उक्त अवार्ड जितेको जनाएको छ । राउन्डग्लास पञ्जाब एफसीबाट खेलेका किरणले खेलेका १४ मध्ये ७ खेलमा क्लिन सिट राखेका थिए । त्यस्तै उनले सबै खेलमा गरि ५६ वटा प्रहार जोगाएका थिए । उनले ८२ प्रतिशत बल जोगाएका थिए ।

समर्थकको नजरमा आई लिगको उत्कृष्ट गोलकिपर चुनिएपछि किरणले सामाजिक सञ्जालमार्फत आफूलाई समर्थन गर्ने सबैलाई धन्यवाद दिएका छन। समर्थक विना आफ्नो यात्रा शून्य रहने उल्लेख गर्दै किरणले आफू सधै समर्थकको साथले सफल भएको जनाएका छन।