राष्ट्रपति द्वारा टोकियो ओलम्पिकमा सहभागी खेलाडीलाई बिदाई


३१ असार, काठमाडौं  —  राष्ट्रपति विद्यादेवी भण्डारीले टोकियो ओलम्पिकमा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरुसँग बिदाई भेट गरेकी छन् ।

बिहीबार शीतल निवासमा एक कार्यक्रमका बिच राष्ट्रपति भण्डारीले जापानमा हुने ३२ औं ग्रीष्मकालीन ओलम्पिकमा सहभागी हुने टोलीलाई शुभकामना दिंदै बिदाई गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विश्व खेलकुदको महाकुम्भ ओलम्पिक यही जुलाई २३ देखि अगष्ट ८ सम्म जापानमा आयोजना हुँदैछ । ओलम्पिकमा सहभागी हुन नेपालबाट खेलाडी र प्रशिक्षकसहित २६ सदस्यीय टोली टोकियो जाँदैछ । 

तस्बिर: राष्ट्रपतिको सचिवालय