राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का द्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास


१९ साउन, काठमाडौं — नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका छन्।

आज विहान सामाजिक सन्जालमार्फत उनले सन्यासको घोषणा गरेका हुन् । करिव डेढ दशकदेखि राष्ट्रिय टोलीबाट खेलिरहेका पारसले सन् २००९ देखि १० वर्षसम्म राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए ।

उनको कप्तानी समयमा नेपाली क्रिकेटले अभूतपूर्व सफलता हासिल गरेको थियो । सन् २०१५ मा नेपाल क्रिकेट संघलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले निलम्बन गर्दा उनी नेपाली क्रिकेट टोलीसँगै अन्तर्राष्ट्रिय समन्वयको जिम्मेवारीमा समेत थिए ।

'२००२ मा १५ वर्षको हुँदा मैले सुरू  गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरू, साथी खेलाडीहरू, प्रशंसकहरू, सरोकारवालाहरू, मिडियाकर्मी, मेरो परिवार र साथीहरूप्रति म सदैव ऋणी रहनेछु,' पारसले लेखेका छन्।

नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि भएको उनले बताएका छन्। 

प्रशिक्षक पुबुदु दासानायके सधैँ भिजन, प्लानअनुसार अघि बढ्ने मान्छे — पूर्वकप्तान खड्का

'क्रिकेटरको रूपमा मैले आफ्नो मन, वचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वा गरें। आफुले जिवनमा देखेको मुख्य सपना नेपाली क्रिकेटको उन्नती भएको र यसका लागि सम्पुर्ण क्रिकेट समाज र सरोकारवालाहरुको संयुक्त प्रयासको आवश्यकता पर्ने भन्दै उनले इमान्दारीताका साथ काम गर्ने हो भने नेपाली क्रिकेट धेरै माथि पुग्ने उल्लेख गरेका छन् ।

उनले अन्तर्राष्ट्रिय क्रिकेटरका रूपमा यात्रा टुंगिए पनि नेपाली क्रिकेटका आफ्ना सपना भने अझै बामे सर्दै गरेको बताएका छन्।  

'मैदानभित्रका यी दुई दशक जीवन रहुन्जेल मीठो यादका रूपमा मसँग रहनेछन्,' पारसले लेखेका छन्,'हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने छौं भन्ने विश्वास लिएको छु।'