तेक्वान्दो क्विन संगीना वैद्य राष्ट्रिय खेलकुद प्रतिभा सम्मानबाट सम्मानित


२९ मंसिर, काठमाडौं — तेक्वान्दो क्विन संगीना वैद्य राष्ट्रिय खेलकुद प्रतिभा सम्मानबाट सम्मानित हुने भएकी छन । युवा तथा खेलकुद मन्त्रालयको चालु आ. ब. २०७८/०७९ को बार्षिक स्विकृत  कार्यक्रम अनुसार खेलकुद बिकास कार्यक्रमा अन्तर्गत प्रशिक्षक तर्फको मुल्याकंनमा उच्चतम अंक हासिल गर्दै सम्मानित हुन लगेकी हुन। 

माननिय मन्त्रीस्तरको मिती २०७८/०८/२७ को निर्णयानुसार उनलाई नगद पुरस्कार तथा प्रमाणपत्र सहित सम्मान गरिने छ।  

वैद्यले राष्ट्रिय टिमका साथै बिभागीय टोली नेपाली सेनाको प्रशिक्षण सम्हाल्दै बिभिन्न सफलता हासिल गरेकी छिन्। नेपालले १३ औं दक्षिण एशियाली खेलकुद  प्रतियोगिता (साग)मा तेक्वान्दो तर्फ उत्कृष्ट प्रदर्शन गर्दै १२ स्वर्ण पदक जित्नुमा उनको प्रशिक्षण समेतले ठुलो योगदान गरेको थियो। 

वैद्य नेपालको खेलकुद इतिहासमा नेपाललाई पहिलो एसियाली पदक दिलाउन सफल खेलाडी तथा ओलम्पिकमा छनोट चरण पार गरेर ओलम्पिक खेल्न सफल पहिलो नेपाली खेलाडि हुन। 

कीर्तिमानी खेलाडी संगिनालाई राष्ट्रपति द्वारा प्रवल जनसेवा श्री चतुर्थ मानपदवीबाट विभुषित

अन्तराष्ट्रिय तेक्वान्दो खेलमा सफल मानिएकी संगिना घरेलु प्रतियोगिताहरुमा पनि नम्बर एक खेलाडी थिइन् । उनले १९९२ देखि २००४ सम्म राष्ट्रिय प्रतियोगितामा एकछत्र राजगर्दै १० अन्तराष्ट्रिय स्वर्ण पदक जितेकी थिइन्।

नुवाकोटमा जन्मिएकी संगिनाले सन् १९९२ बाट तेक्वान्दो खेलजीवन सुरु गरेर २००९ मा भव्य कार्यक्रमबीच खेलजीवन बाट सन्न्यास लिएकी थिइन्। 

त्यसैगरी राष्ट्रिय खेलकुद प्रतिभा सम्मानबाट सम्मानित हुनेमा प्रशिक्षक तर्फ तेक्वान्दोकै नोर्बु लामा र निर्णायक/रेफ्री तर्फ अशोक खड्का रहेका छन।

त्यस्तै खेलाडी तर्फ उक्त सम्मान पाउनेमा साधारण तर्फ ६ जना खेलाडी र पारा तर्फ १ जना खेलाडी  रहेका छन।