महिला साफ च्याम्पियनशिपमा नेपाल द्वारा श्रीलङ्कालाई ६–० गोलको फराकिलो जित


पौष १, काठमाण्डौ — १९ वर्षमुनिको महिला साफ च्याम्पियनशिपमा नेपालले श्रीलङ्कालाई ६–० गोलले हराएको छ । बङ्गलादेशको ढाकामा आज बुधवार भएको दाेस्राे खेलमा नेपालले श्रीलङ्कालाई ६–० गोलको फराकिलो अन्तरले हराएको हो । 

नेपालका लागि रश्मीकुमारी घिसिङले दुई तथा सविता राना मगर, मेनुकाकुमारी आले मगर, सलोनी राना मगर र रजनी थोकरले एकएक गोल गरे । 

श्रीलङ्कालाई हराएसँगै नेपालले प्रतियोगितामा पहिलो जित निकालेको छ । जितसँगै नेपालले दुई खेलमा चार अङ्क जोडेको छ । पहिलो खेलमा नेपालले बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो । 

श्रीलङ्काको यो लगातार तेस्रो हार हो । श्रीलङ्का अङ्कविहीन छ । यसअघिका खेलमा श्रीलङ्का, भुटान र भारतसँग पराजित भएको थियो । 

नेपालले आउँदो १७ तारिखमा भुटानसँग र १९ तारिखमा भारतसँग  खेल्नेछ । 

आयोजक बङ्गलादेशसहित नेपाल, भुटान, भारत र श्रीलङ्का गरी पाँच देश सहभागी प्रतियोगितामा शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । 

सन् २०१८ मा भएको च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग फाइनलमा पराजित भएको थियो ।