नेपाल द्वारा उत्कृष्ट प्रदर्शन गर्दै भूटानमाथि ४–० को फराकिलो जित


पौष २, काठमाण्डौ — यु-१९ महिला साफ च्याम्पियनसिपमा समूह चरणको आफ्नो तेस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको नेपालले फाइनल प्रवेशको आफ्नो सम्भावना बलियो बनाएको छ ।

शुक्रबार आफ्नो तेस्रो खेलमा नेपालले भुटानलाई ४–० को फराकिलो अन्तरले बिजयी हासिल गर्यो। खेलमा शुरुवातबाटै हावी बनेको नेपालका लागि दोस्रो मिनट मै मेनुका आले मगरले पहिलो गोल गर्न सफल भइन्। त्यसैगरी खेलको १८औं मिनटमा कुसुम खतिवडाले दोस्रो गोल गर्दा लगतै २१औं मिनटमा रजनी थोकरले नेपालको अग्रता तेब्बर पारेकी थिईन ।

त्यस्तै ७३औं मिनटमा मेनुका आले मगरले उनको ब्यक्तिगत दोश्रो गोल तथा टिमको लागी चौथो गोल गर्दै नेपालको शानदार जित सुनिश्चित गरिन। जितपछि नेपालको ३ खेलबाट ७ अंक भएको छ । आयोजक तथा साविक विजेता बंगलादेशको पनि ७ अंक छ ।

यु-१९ महिला साफ: नेपालले आज भुटानसँग खेल्दै फाइनल पुग्ने सम्भावना कायम

भुटानले भने पहिलो खेलमा श्रीलंकालाई ५-० ले हराएकाे थियाे भने दोस्रो खेलमा बंगलादेशसँग ६-० र तेस्रो खेलमा भारतसँग ३-० गाेल अन्तरले हारेकाे थियाे। 

त्यस्तै शुक्रबार नै बंगलादेशसँग पराजित भारतको ६ अंक छ। फाइनल प्रवेशका लागि नेपालले आइतबार भारतको सामना गर्नेछ। सो खेलमा नेपाललाई केवल बराबरी गरे पुग्नेछ भने भारतलाई निश्चित जितको खाँचो पर्नेछ ।

त्यस्तै आइतबारकै अर्को खेलमा प्रतियोगिताबाट बाहिरिसकेको श्रीलंका र बंगलादेश पनि भिड्ने छन् । त्यो खेलमा पनि बंगलादेशलाई केवल बराबरी गरे पुग्नेछ । श्रीलंका हालसम्म अंकविहीन छ । उता ३ अंक जोडेको भुटान पनि प्रतियोगिताबाट बाहिरिएको छ ।

महिला साफ च्याम्पियनशिपमा नेपाल द्वारा श्रीलङ्कालाई ६–० गोलको फराकिलो जित

दक्षिण एसियाका पाँच टोलीहरु सहभागि प्रतियोगिता राउण्ड रोबिन लिगका आधारमा जारी छ । समूह चरणको खेलपश्चात शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल डिसेम्बर २२ तारीखका दिन हुनेछ ।