आर्मी र एपीएफको खेल बराबरी


पौष १६ , काठमाडौं — शहीद स्मारक ए’ डिभिजन लिग फुटबलअन्तर्गत सातौं चरणको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न शुक्रबार भएको पहिलो खेलमा दुवै टिमले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

पहिलो हाफ गोलरहित बराबरीमा खेलमा अग्रता आर्मीले पहिले लियो।

आर्मीका लागि खेलको ६३ मिनेटमा जर्सप्रिन्स कार्कीले गोल गर्दै टिमलाई अग्रता लिएला थिए।

चार मिनेटपछि खेलको ६६‍औं मिनेटमा एपिएफले बराबरी गोल फर्कायो। एपिएफका लागि बिकी तामाङले गोल गरेका थिए। त्यसपछि दुवै टिमबाट थप गोल हुन नसक्दा खेल बराबरीमा रोकिएको हो ।

एपिएफले ७ खेलबाट ६ अंक जोड्दै अंक तालिकाको एघारौं स्थानमा छ। यता चौथो स्थानको आर्मीको ७ खेलबाट ११ अंक रहेको छ।