ओलम्पियन संघ, कर्मचारी संघ र खेलाडी संघ द्वारा शान्तिपूर्ण आन्दोलनको घोषणा


माघ १९, काठमाडौं — नेपाल ओलम्पियन संघ, राष्ट्रिय खेलकुद परिषद – कर्मचारी संघ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले बिहीबार शान्तिपूर्ण बिरोधको कार्यक्रम गर्ने घोषणा गरेको छ।
 
ओलम्पियन संघ, कर्मचारी संघ र खेलाडी संघले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप)को परिसरमा शान्तिपूर्ण बिरोधको कार्यक्रम गर्ने जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव बर्खास्ती र नयाँ सदस्य सचिवको नियुक्तिको विषयमा सर्वोच्च अदालतमा परेको रिटको किनारा लगाउन सम्मानित अदालत समक्ष आग्रह गर्दै परिषदको कामकारबाही नियमित सुचारु राख्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्न शान्तिपूर्ण बिरोधको कार्यक्रम गर्ने लागिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । अदालत परेको रिटको सुनुवाई नहुँदा एसियाली खेलकुदको तयारी, नवौं राष्ट्रिय खेलकुद, १४ औं साग र अन्य प्रतियोगिताको तयारीमा असर पुगेको विज्ञप्तिमा जनाईएको छ ।
 
कात्तिक १ गते निवर्तमान सदस्य–सचिव रमेशकुमार सिलवाललाई पदमुक्त गर्दै मंसिर १३ गते मन्त्रिपरिष्दको बैठकले टंकलाल घिसिङलाई नियुक्त गरेको थियो । तर, निवर्तमान सदस्य–सचिव सिलवालले यस बारेमा असहमती जनाउदै सर्वाेच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । त्यसको छिनोफानो अझै भएको छैन । 

ओलम्पियन संघ, कर्मचारी संघ र खेलाडी संघले जारी गरेको प्रेस विज्ञप्तिः