नेपाल पुलिस क्लबकी मिडफिल्डर दीपा केरेला लिग खेल्न भारत जादै


२५ साउन, काठमाडौं — नेपाल पुलिस क्लबकी मिडफिल्डर दीपा न्यौपोनले भारतको केरेला महिला लिग खेल्ने भएकी छन् । त्यसका लागि उनी आज दिउँसो त्यसतर्फ जाँदैछिन् । दीपाले करेला महिला लिग खेल्नका लागि डन बस्कोसँग दुई महिनाको सम्झौता भएको बताएकी छिन् ।

नेपाल पुलिस क्लबमा ६ वर्षदेखि आबद्ध रहेकी दीपा अर्को महिना स्वदेशमा आयोजना हुने साफ च्याम्पिनसिपको पहिलो चरणको छनोटमा परेकी थिइन् । 

दीपाका अनुसार करेला लिगमा १० वटा टोलीका रहेका छन् । त्यसको च्याम्पियन टोलीले महिला आइ लिगका लागि छनोट हुनेछ ।

देश बाहिर खेल्ने मौका पाउँदा खुसी लागेको दीपाले बताइएकी छिन । दीपाले खेल्ने क्लब केरेला लिगको साविक उपविजेता हो । केरेला लिग बुधबारबाटै सुरु हुँदैछ । 

त्यसको पहिलो खेलमा गोकुलम र केरेला एफसीबीच प्रतिस्पर्धा हुने बताइएको छ । गोकुलम केरेला र महिला आइ लिग दुवैको च्याम्पियन टोली हो ।

गोकुलमबाट नेपाली महिला टोली तथा एपिएफकी फरवार्ड सावित्रा भण्डारी खेल्दैछिन् । दुई वर्षअघि गोकुलम आइ लिग च्याम्पियन हुँदा सावित्रा सर्वाधिक गोलकर्ता बेनकी थिइन् । डन बोस्कोले पहिलो खेल बिहीबार लड्र्स पिआरविरुद्ध खेल्नेछ ।

गोकुलम केरेला, केरेला ब्लास्टरर्स, केरेला युनाईटेड जस्ता क्लबहरुले खेल्ने महिला लिगमा पछिल्लो वर्ष डनबस्को दोस्रो भएको थियो । गोकुलम केरेला पहिलो हुँदै इन्डियन महिला लिगमा छनोट भएको थियो ।