रोयल एफ. सी. खुल्ला फुटसल टुर्नामेन्ट हुदै


२८ साउन, काठमाडौं — रोयल एफ. सी. खुल्ला फुटसल सेभेन ए साइड टुर्नामेन्ट हुने भएको छ। रोयल एफ. सी. फुटसल क्लबको आयोजनामा हुनलागेको प्रतियोगिता भाद्र १४ गते बाट सुरु हुनेछ।

आयोजक रोयल एफ. सी. का अनुसार खेल नकआउटका आधारमा खेलाउने जनाएको छ। प्रतियोगिता जी-4 फुटसल ग्राउण्ड मनमैजु १० मा हुनेछ।

फुटसल खेल र खेलाडी को बृद्धि बिकासमा मद्दत पुग्ने उद्देश्यले गर्न लागिएको प्रतियोगितामा ३२ टिमले सहभागिता जनाउने अनुमान गरिएको छ

उक्त प्रतियोगिताको बिजेता टिमले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छ भने उप-बिजेता टिमले ५० हजार प्राप्त गर्ने छ। ब्यक्तिगत बिधामा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजक क्लबका अध्यक्ष पुरन गुरुङले जानकारी गराए।