डेब्यु खेलमै दिपाको उत्कृष्ट दुइ गोलको मद्दतले डनबस्कोको जित


२८ साउन, काठमाडौं — नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर दिपा न्यौपाने आबद्द डन बस्को एफएले केरेला महिला लिगमा जित निकालेको छ।

शनिबार भएको खेलमा दिपाको उत्कृष्ट दुइ गोलको मद्दत ले डन बस्कोले एमिरेट्स एफसीलाई ५-२ गोल अन्तरले हराएको हो। दिपा ले केरेला महिला लिगको डेब्यु खेल  मै दुई गोल गर्दै टिमलाई जिताउन पाउदा निकै उत्साहित र खुशि भएको बताएकि छन।

नेपाल पुलिस क्लबमा ६ वर्षदेखि आबद्ध रहेकी दीपा केरेला महिला लिगको आज भएको खेलको प्लेयर अफ दि म्याच समेत घोषित भईन्।

बिहीबार भएको पहिलो खेलमा डन बस्कोलाई लर्ड्स एफएले १२-२ गोल अन्तरले हराएको थियो।

दिपाले डनबस्कोको लागि पहिलो खेल खेलेकी थिइन् । दिपालाई केरेला महिला लिगका लागि दुई महिनाको लागि अनुबन्धन गरेको थियो।

गोकुलम केरेला, केरेला ब्लास्टरर्स, केरेला युनाईटेड जस्ता क्लबहरुले खेल्ने महिला लिगमा पछिल्लो वर्ष डनबस्को दोस्रो भएको थियो । गोकुलम केरेला पहिलो हुँदै इन्डियन महिला लिगमा छनोट भएको थियो ।