दीपाको उत्कृष्ट चार गोलमा डन बस्कोको जित


५ भाद्र , काठमाडौं — नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर दीपा न्यौपानेले चार गोल गरेपछि केरला वुमन्स लिगमा डन बस्को फुटबल एकेडेमीले कडाथानाड राजा एफएलाई ९–१ ले पराजित गरेको छ ।

आइतबार भएको खेलमा दीपाले उत्कृष्ट चार गोल गर्नुका साथै तीन गोलको लागी असिस्ट गरिन् । 

 नेपाली राष्ट्रिय टोली तथा नेपाल पुलिस क्लबमा आबद्ध रहेकी दीपा केरेला महिला लिगको आज भएको खेलमा पनि प्लेयर अफ दि म्याच समेत घोषित भईन्। दीपा लगातार दोस्रो खेलमा ‘प्लेअर अफ दी म्याच’  चुनिएकी हुन् ।

 डन बस्कोले केरला वुमन्स लिगकै लागि दीपालाई अनुबन्ध गरेको हो । दीपासँग यो लिगमा नेपाली टिमकी फरवार्ड सावित्रा भण्डारी पनि खेलिरहेकी छिन् । सावित्रा गोकुलम केरलामा आवद्द छिन् ।

गोकुलम केरेला, केरेला ब्लास्टरर्स, केरेला युनाईटेड जस्ता क्लबहरुले खेल्ने महिला लिगमा पछिल्लो वर्ष डनबस्को दोस्रो भएको थियो । गोकुलम केरेला पहिलो हुँदै इन्डियन महिला लिगमा छनोट भएको थियो ।