राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन


काठमाडौँ — राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा  लैनचौरस्थित निवासमा निधन भएको हो । घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो ।

पछिल्लो केही समय देखी बिरामी रहेका घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी गराएका छन । 

घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए । 

राष्ट्रकवि घिमिरे प्रती भाबपुर्ण श्रद्धाञ्जलि ।