हरी कृष्ण बिष्टलाई दुबईमा वेलम्यान समर रन २०२३ को उपाधी


जेष्ठ २८ दुबई, युएई (Sports for Nepal) —  वेलम्यान समर रन २०२३ को उपाधी नेपालका हरी कृष्ण बिष्टले जितेका छन । दुबई स्पोर्ट्स काउन्सिलसँगको सहकार्यमा आईतबार अल बारारीमा आयोजना भएको उक्त दौड प्रतियोगितामा आबुधाबिको शेख प्यालेसमा बिगत सात बर्ष देखी कार्यरत बिष्टले दश किलोमिटर तर्फ स्वर्ण पदक जित्न सफल भएका हुन ।

बिभिन्न देशका खेलाडिहरुले सहभागिता जनाएको प्रतियोगितामा जित पस्चात स्पोर्टस फर नेपाललाई छोटो प्रतिकृया दिदै बिष्टले दुबईको गर्मिमा समेत आफुले दौडेर नेपालको झण्डा फहराउदै उपाधी जित्न सफल भएर  राष्ट्रको नाम राख्न सफल भएकोमा खुशी लागेको बताएका छन ।  

यसअघी पनि उनले नेपालको प्रतिनिधित्व गर्दै दश किलोमिटर तर्फनै अबुधाबीमा सम्पन्न भएको स्पार्टन विश्व च्याम्पियनसिपमा रजत पदक, सारजा अल ढैद वार्षिक च्यारिटी शो रनमा स्वर्ण पदक, अबुधाबीमै सम्पन्न भएको यास आइल्याण्ड रेसिङ द लास्ट माइल रजत पदक, दुबई प्लाम रनमा रजत पदक जितेका थिए ।

तेक्वान्दोका दोस्रो डान प्राप्त प्रशिक्षक समेत रहेका उनले पाच किलोमिटर तर्फ अबुधाबी इन्टर क्लब अल जजिरा म्याराथनमा स्वर्ण पदक, अलएन नाइट रनमा  स्वर्ण पदक जित्न सफल भएका थिए । त्यसैगरी उनले बिभिन्न म्यारथुन र हाफ म्याराथुनमा समेत सफलता पुर्बक सहभागिता जनाई सकेका छन ।

उनी नेपाल आर्मीका पेन्सन प्राप्त राष्ट्र सेवक कर्मचारी समेत हुन । नेपाल आर्मीमा रहदा उनले तिन पटक शान्ती सेनाको सिलसिलामा कङो, हाईटी र साउथ सुडानमा गएर समेत सेवा प्रदान गरेका थिए ।