एसियाडका लागि महिला कबड्डीका ११ खेलाडी छनोट


काठमाडौं, २ असार (Sports for Nepal) — चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि महिला कबड्डी टोलीको अन्तिम छनोट पूरा भएको छ ।

शुक्रबार सम्पन्न भएको छनोट प्रतिस्पर्धाबाट १२ जना खेलाडीहरु छनोट हुन सफल भएका छन । एसियाली खेलकुदमा नेपालले महिला कबड्डीमा पहिलो पटक सहभागिता जनाउन लागेको हो ।

छनोट हुने खेलाडिहरुमा मानमति विष्ट (नेपाल प्रहरी), श्रृजनाकुमारी थारु (लुम्बिनी प्रदेश), गंगा घिमिरे (नेपाल आर्मी ), रविना चौधरी (एपीएफ), जयन्ती बडु (एपीएफ), मेनुका राजवंशी (आर्मी), अनुजा कुलुङ राई (आर्मी), सुनिता थापा (एपीएफ), नितु गुरुङ (नेपाल प्रहरी), कलावती पन्त (सुदूरपश्चिम प्रदेश),  इशा राई (आर्मी),  अर्पणा चौधरी (नेपाल प्रहरी) रहेका छन ।