आशिषको डेब्यु गोलमा पाकिस्तान विरुद्ध नेपालको जित


काठमाडौं, १२ असार (Sports for Nepal) — १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले पाकिस्तानलाई हराएको छ। भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा आज भएको खेलमा नेपालले पाकिस्तानलाई १- ० गोल अन्तरले हराएको हो। 

यस प्रतियोगितामा एक मात्र खेल जिताउन पाकिस्तान विरुद्ध नेपालका आशिस चौधरीले गोल गरेका हुन। उनले खेलको ७९ औं मिनटमा पेनाल्टी क्षेत्र बाहिरबाट लाकेन लिम्बुको पासमा उत्कृष्ट गोल गर्दै नेपालको जित निश्चित गराए। यो आशिषको नेपालका लागि पहिलो पटक राष्ट्रिय टोलीमा रहँदै डेब्यु गोल गर्न सफल भएका छन।

यसबाहेक नेपालले गोलका लागि पाएको अन्य मौकाहरुको भने सहि सदुपयोग गर्न सकेन । पाकिस्तानले पनि गोलका लागि केहि राम्रा अवसर सिर्जना गरेपनि गोल भने गर्न सकेन। यससँगै अघिल्ला दुई खेलमा लगातार हार व्यहोर्दै प्रतियोगिताको समूह चरणबाट नै बाहिरीसकेको नेपाल सान्वना जितका साथ स्वदेश फर्किने भएको छ। 

समूह ए मा रहेको नेपाल यस अघि कुवेत र भारतसंग पराजित रहँदै समूह चरणबाट बाहिरी सकेको छ। पाकिस्तानले चाहि यस प्रतियोगितामा कुनै खेल जित्न सकेन। समूह ए मा नेपाल ३ अंक पाएर तेस्रो हुन सफल भएको छ।

यस समूहबाट कुवेत र भारत सेमिफाइनलमा प्रवेश गरिसकेको छ। आज साँझ यी दुईबिचको विजेता समूहको शीर्ष स्थान रहेनेछन।  

Pic: ANFA