साफ च्याम्पियनसिप: सेमिफाइनलमा भारतले लेबनानको सामना गर्ने


 काठमाडौं, १४ असार (Sports for Nepal) —  भारतमा जारी १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल समिकरण पुरा भएको छ ।

भारतको बैङ्गलोरस्थित कान्तिरवा फुटबल मैदानमा बुधबार बंगलादेशले भुटानलाई ३-१ गोलले हराएसँगै प्रतियोगितामा सेमिफाइनल समिकरण पुरा भएको हो ।

बुधबार राति भएको खेलमा बंगलादेशले भुटानलाई हराएसँगै प्रतियोगितामा समूह चरणका खेलहरु समेत सकिएका छन् ।

यस जितसँगै समूह बी को उपविजेता बनेको बंगलादेश सन् २००९ पछि पहिलो पटक साफ च्याम्पियनसिपको अन्तिम चारमा पुग्न सफल भएको छ ।

यसअघि बुधबार नै भएको खेलमा लेबनान माल्दिभ्सलाई १–० ले हराउँदै समूह बी को विजेतको रुपमा अन्तिम चारमा पुगेको थियो ।

समूह बी बाट भुटानसँगै माल्दिभ्स समूह चरणबाट नै बाहिरीएको थियो ।

समूह चरणको तीन खेलमा लेबनानको ९ अंक, बंगलादेशको ६ र बाहिरिएको माल्दिभ्सको ३ अंक तथा भुटान अंक विहिन रह्यो ।

यस्तै समूह बी बाट नेपाल पाकिस्तान बाहिरीदा कुवेत समूह विजेता तथा भारत समूह उपविजेताको रुपमा अन्तिम चारमा पुगेको थियो ।

अब सेमिफाइनल खेल शनिबार हुनेछ । पहिलो सेमिफाइनल कुवेत र बंगलादेश तथा दोश्रो सेमिफाइनल भारत र लेबनानबीच हुनेछ।