एन्फा बैठक: महिला खेलाडीको हक सुनिश्चित गर्न ५ एजेन्डा थप्न केन्द्रीय सदस्य लामाको प्रस्ताव


काठमाडौं, १३ साउन (Sports for Nepal) — एन्फा केन्द्रीय सदस्य तथा नेपाल महिला फुटबल संघकी अध्यक्ष पेमा डोल्मा लामाले अखिल नेपाल फुटबल संघ (एन्फा)को साउन १९ गते बस्ने कार्यसमिति बैठकमा महिला खेलाडीहरुको हक-हित सुनिश्चित गर्न बिभिन्न पाँच एजेण्डा थप गर्न प्रस्ताव गरेकी छन् ।

एन्फा सचिवायलयमा शुक्रबार दर्ता भएको पत्रमा उनले बिभिन्न पाँच एजेनण्डाहरु समेटेकी छन । जसमा एन्फामा महिला बिभाग र नेपालको संबिधान अनुसार महिलाले पाउने ३३% आरक्षण सुरक्षित गर्नु पर्ने सम्बन्धमा, एन्फाले बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता पस्चात दिदै आएको पुरस्कार राशी राष्ट्रिय पुरुष फुटबल टिमले र महिला फुटबल टिमले पाउने पुरस्कार राशी बराबर हुने गरी निर्णय गरिनु पर्ने, एन्फा महिला एकेडेमी सन्चालन बारे, महिला राष्ट्रिय टिमको नकाऊट प्रतियोगिता बारे, महिला रेफ्री तथा प्रशिक्षकको संख्या  वृद्धिको लागि रणनीति पहल गर्नुपर्ने सम्बन्धी एजेन्डा थप गरेर बैठकमा छलफल गर्न माग गरेकी छन्।

यस अघिअ महासचिव किरण राईले सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई पत्राचार गर्दै ११ एजेन्डा पठाइसकेका छन् । तर, त्यसमा पाँच बुँदा थप्न सदस्य लामाले आग्रह गर्दै एन्फा सचिवायलयमा पत्र बुझाएकी हुन्। एन्फा कार्यसमितिको बैठक साउन १९ गते एन्फा मुख्यालयमा बस्दै छ।