नेपालकी राष्ट्रिय रेफ्री लक्ष्मी श्रेष्ठले डाना कप फुटबलको फाइनल खेल खेलाईन


काठमाडौं, १५ साउन (Sports for Nepal) — डेनमार्कको उत्तरी जुटल्याण्ड सहर ह्जोरिङमा २४ जुलाई देखी सन्चालन भएको डाना कप फुटबल टुर्नामेन्टको आज हुने डलास टेक्सन्स सकर क्लब र विकिङ एफ के १ बिचको फाइनल खेल नेपालकी राष्ट्रिय रेफ्री लक्ष्मी श्रेष्ठले खेलाएकी छन ।

डाना कप डेनमार्कको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता जुन विश्वको तेस्रो ठूलो र सबैभन्दा धेरै अन्तर्राष्ट्रिय युवा फुटबलरहरुले सहभागिता जनाउने प्रतियोगिता जुन हरेक वर्ष जुलाईको अन्त्यमा डेनमार्कको उत्तरी जुटल्याण्ड सहर ह्जोरिङमा हुने गर्दछ। यस बर्ष उक्त प्रतियोगितामा ३७ देशका १,११४ टिमको सहभागिता रहेको थियो ।

नेपालमा भएको बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता हरु खेलाई सकेकी लक्ष्मी यस प्रतियोगिताको लागी २३ जुलाईमा त्यस तर्फ प्रस्थान गरेकी थिईन । २०२२ मा भएको प्रतियोगितामा पनि उनका साथै मेरिना धिमालले रेफ्रीको भुमिका निभाएकी थिए । तर यस बर्ष भने नेपाल बाट लक्ष्मीले मात्रै रेफ्री गरेकी हुन ।  

२०६९ सालमा नेपाल फुटबल सङ्घले आयोजना गरेको महिला रेफ्री प्रशिक्षण कार्यक्रममा सहभागी भए पस्चात उनले राष्ट्रिय रेफ्रीको रुपमा काम गर्दै आएकी छिन। रेडार एन्ड कम्युनिकेसनमा स्नातकोत्तर गरेकी उनी पढाइले इन्जिनियर हुन्।