जमैका तलाबाज (सिपिएल) टी-२० क्रिकेट प्रतियोगितामा नाइट राइडर्ससँग पराजित


क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी-२० क्रिकेट प्रतियोगितामा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बलिङमा आफ्नो गतिलो प्रदर्शन गरेको भए पनि उनको टिम जमैका तलाबाज शुक्रबार बिहान सम्पन्न खेलमा ट्रिनबागो नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको छ । 

सन्दीप लामिछानेले (सिपिएल) टी-२० क्रिकेट प्रतियोगिताको लगातार दोस्रो खेलमा विकेट लिन सफल भएका छन उनले ४ ओभर बलिङ गर्दा ३० रन दिएर उक विकेट लिएका हुन्। उनले ट्रिन्बागोका ओपनिङ ब्याट्सम्यान सुनील नारिनको विकेट लिएका हुन्। सुनीललाई सन्दीपले कार्लोस बाथवेटको हातबाट क्याच आउट गराएका थिए। ट्रिनबागोका लागि सर्वाधिक ५३ रन बनाएका सुनील प्लेयर अफ दि म्याच भएका छन।

ट्रिनबागोका लागि जोएडन सिल्स र अली खानले २–२ विकेट लिए । लगातार दोस्रो जितपछि ट्रिनबागो ४ अंकसहित शीर्ष स्थानमा उक्लेको छ । एक जित र एक हारपछि जमैका २ खेलबाट २ अंकसहित चौथो स्थानमा रहेको छ।