इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को खेल तालिका सार्वजनिक


२१ भदौ, युएई – भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० क्रिकेटको १३ औं संस्करणको आईपीएल टि-२० प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।

युएईमा हुने खेलको खेल तालिका अनुसार साविक विजेता मुम्बई इन्डियन्स र चेन्नाई सुपर किङ्सबीच १९ सेप्टेम्बर मा उद्घाटन खेल हुनेछ ।

त्यसैगरी  २० सेप्टेम्बरमा नेपाली लेग स्पिनर तथा राष्ट्रिय टिमका खेलाडी सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले किङ्स इलाभेन पन्जाबसँग खेल्नेछ। यस्तै रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदरावाद सँग तेस्रो खेल, चेन्नईले राजस्थान रोयल्ससँग चौंथो खेल र मुम्बईले  कोलकत्ता नाइटराईडर्स सँग पाँचौ खेल खेल्नेछ ।

गत मार्चमा सुरु हुने तत्कालिन तालिका भए पनि कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण आईपीएल हुन सकेको थिएन ।

१९ सेप्टेम्बर देखि १० नोभेम्बर सम्म हुने आईपीएलको १३औं संस्करण कोरोना भाइरसको कारण यस पटक युएईमा आयोजना हुँदैछ । त्यसका सबै खेल युएई स्थित तिन छुट्टा - छुट्टै क्रिकेट स्टेडियममा हुने छ ।