एन्फा बैठक: एन्फा केन्द्रीय सदस्य पेमा डोल्मा लामाले राखेको ५ मध्य ४ एजेन्डा अध्ययन गरी निर्णय गर्ने


काठमाडौं, २१ साउन (Sports for Nepal) — एन्फा केन्द्रीय सदस्य तथा नेपाल महिला फुटबल संघकी अध्यक्ष पेमा डोल्मा लामाले महिला खेलाडीहरुको हक-हित सुनिश्चित गर्न राखेको ५ मध्य ४ एजेन्डा अध्ययन गरी निर्णय गर्ने  भएको छ। जसले गर्दा अब राष्ट्रिय टोलीका महिला र पुरुष टिमलाई समान पुरस्कार सम्बन्धमा सचिवालयले अध्ययन गरी निर्णय गर्ने भएको छ। एन्फा मुख्यालयमा शुक्रबार एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको अध्यक्षतामा बसेको एन्फा बैठकले उनको एजेन्डा पारित गरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले अब राष्ट्रिय टोलीका महिला र पुरुष टिमलाई समान पुरस्कार सम्बन्धमा सचिवालयले अध्ययन गरी निर्णय गर्ने भएको छ। यस्तै एन्फा महिला एकेडेमी सञ्चालन तीन स्थानमा गर्न आगामी कार्यसमितिमा बजेत कार्यक्रम तयार गरि पेश गर्ने निर्णय गरेको छ। जसले गर्दा अब राष्ट्रिय टोलीका महिला र पुरुष टिमलाई समान पुरस्कार दिने सम्बन्धमा सचिवालयले अध्ययन गरी निर्णय गर्ने भएको छ। एन्फाले महिला राष्ट्रिय टिमको नकआउट प्रतियोगिता संञ्चालन गर्न सचिवालय मार्फत बजेट तथा अन्य कार्यक्रम आगामी बैठकमा पेश गर्ने निर्णय गरेको छ। त्यस्तैगरी बैठकले राष्ट्रिय टोलीका खेलाडीहरुको सम्पूर्ण उपचार खर्च समेत ब्यहोर्ने निर्णय गर्ने लगायत विभिन्न निर्णय गरेको छ।

पूर्व निर्धारित ११ तथा पछि थप गरिएका ९ वटा एजेण्डामा बैठमा छलफल भएको थियो । जसमा एन्फा केन्द्रीय सदस्य तथा नेपाल महिला फुटबल संघकी अध्यक्ष लामाले कार्यसमिति बैठकमा महिला खेलाडीहरुको हक-हित सुनिश्चित गर्न बिभिन्न पाँच एजेण्डा थप गर्न प्रस्ताव गरेकी थिईन । उनले राखेको पाँच एजेण्डा मध्य ४ एजेन्डा बैठकमा छलफल भएको थियो र त्यसलाई अध्ययन गरी निर्णय गर्ने भएको छ।

एन्फाको कार्यसमिति बैठकले गरेको निर्णयहरुः