डब्लुएचओले पहिलोपटक कोरोना अन्त्यकाे आशा व्यक्त गर्‍याे


कोरोना महामारीले मानव जाति पीडित र भयभीत भइरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पहिलोपटक आशा जगाउने कुरा गरेको छ ।  

विश्वभर कोरोनाबाट झन्डै साढे ७ लाख मानिसको मृत्यु तथा दुई करोडभन्दा बढी संक्रमित भइसकेको भए पनि डब्लुएचओले यो महामारी अन्त्य हुने आशा अझै बाँकी रहेको जनाएको हो ।  

डब्लुएचओले विश्वलाई पीडित बनाइरहेको कोरोना महामारी अन्त्यका लागि कडा कदम उठाउन अझै ढिला भइनसकेको बताएको छ ।  

यसका प्रमुख डा. टेड्रोस एडहनम गिब्रेयससले एक पत्रकार सम्मेलनमा भने, ‘म स्पष्ट भन्न चाहन्छु कि अझै आशाको किरण बाँकी छ । यस महामारीको अन्त्य गर्न अझै ढिला भइसकेको छैन ।’ 

तर यस विषयमा उनले यसभन्दा बढी केही बताएका छैनन्।  बिबिसी