नेपाल ओलम्पिक कमिटीले सबै ओलम्पियनहरुको कोरोना बीमा गर्ने


काठमाडौं – नेपाल ओलम्पिक कमिटीले नेपालका सबै ओलम्पियन, ओलम्पिक तयारी गर्दै गरेका खेलाडीहरु तथा प्रशिक्षकहरुको कोरोना बीमा गर्ने भएको छ। कमिटीको शनिबार अनलाइन मार्फत बसेको बैठकले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने सबै खेलाडीहरुको बीमा गर्ने निर्णय गरेको हो ।

त्यसैगरी उक्त बैठकले ओलम्पिक कमिटिकी पदाधिकारी, साधारण सभा सदस्य, कमिटीका कमिसन सदस्य तथा सबै कर्मचारीको समेत कोरोना बिमा गर्ने निर्णय गरेको छ ।

 हालसम्म तेक्वान्दोकी संगिना वैद्यले २००४ को एथेन्स ओलम्पिक र दीपक विष्टले २००८ को बेजिङ ओलम्पिकमा मात्र छनोट चरण पार गरेर ओलम्पिक खेलेका भएपनी नेपालबाट अहिले सम्ममा ८५ जना खेलाडीहरुले भाग लिएका छन्। तर संगिना र दीपक बाहेक बाँकी सबै खेलाडीहरुले वाइल्ड कार्डमार्फत ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका थिए ।

त्यस्तै कमिटीका अनुसार महासचिव निलेन्द्रराज श्रेष्ठ लगाएत अन्य चार जना कर्मचारीहरु पनि कोरोनामुक्त भएका छन्। गत महिनाको अन्तिम साता कमिटीका कर्मचारीमा कोरोना संक्रमण भएको थियो।

त्यसअघि नै कमिटीको कार्यालय बन्दै गर्दै घरबाटै काम गर्न थालिएको थियो।

त्यसका साथै उक्त बैठकले कमिटीका मेडिकल कमिसन प्रमुख डा सरोजकृष्ण श्रेष्डलाई नयाँ सुरक्षा प्रोटोकट निर्माणको जिम्मेवारी दिनुका साथै सबैलाई डब्लुएचओ र नेपाल सरकारको नियमलाई पालना गर्न आग्रह गरेको छ ।