म्यानचेस्टर सिटीका विंगर र डिफेन्डर एम्रिक लापोर्टेलाई कोरोना संक्रमण


इंग्लिस क्लब म्यानचेस्टर सिटीका डिफेन्डर एम्रिक लापोर्टे र विंगर रियाद महरेजलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ।

फ्रान्सका फुटबल खेलाडी २४ वर्षीय डिफेन्डर लापोर्टे र अल्जेरियाका खेलाडी २९ वर्षीय विंगर र लाई पछिल्लो पटक गरिएको टेस्टमा कोरोना संक्रमण देखिएको हो। 

अब उनीहरु दुवै जना खेलाडीले टिमसँग अभ्यास गर्ने छैनन्। ब्रिटिस सरकार र प्रिमियर लिगको नियमअनुसार दुवै जना खेलाडिहरु अब सेल्फ आइसोलेसनमा बस्नेछन्। उनीहरुको क्लबले जानकारी गराए अनुसार दुवै जना खेलाडीहरुमा कोरोनाको कुनै पनि लक्षण देखिएको छैन। कोरोना संक्रमित दुवै खेलाडीहरु अहिले ब्रिटेनमा छन्।

पेप ग्वार्डिओलाको प्रशिक्षणमा तयारी गरिरहेको म्यानचेस्टर सिटीले प्रिमियर लिगको २१ सेप्टेम्बरमा हुने पहिलो खेल वुल्भ्ससँग खेल्नेछ।

अबको १० दिन सेल्फ आइसोलेनमा बसेपछि दुवै जनालाई कोरोना नदेखिए उनीहरुले प्रिमियर लिगको पहिलो खेल खेल्नेछन। किनकी म्यानचेस्टर सिटीले पहिलो खेल खेल्न अझै दुई साता बाँकी रहेको छ।