अन्तराष्ट्रिय फुटबलमा रोनाल्डोले पूरा गरे १०० गोल


२४ भदौ, काठमाडौं — पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले अन्तराष्ट्रिय फुटबलमा १००औं गोल पूरा गरेका छन। मंगलबार राति युइएफए नेसन्स लिगअन्तर्तग स्विडेनविरुद्धको खेलमा गरेको गोल सँगै रोनाल्डोले १०० गोल पार गरेका हुन। यो सँगै  उनी आफ्नो देशका लागि १०० गोल गर्ने पहिलो युरोपेली खेलाडी बन्न सफल भएका छन ।

क्रिस्टियानो रोनाल्डोले पोर्चुगलबाट १७ वर्षको अन्तराष्ट्रिय खेल करिअरमा १६५ खेल खेल्दा सय गोल पूरा गरेका हुन।

युइएफए नेशन्स कप अन्तर्गत लिग - ए को समूह तिन को खेलमा रोनाल्डोकै दुई गोल मद्दतमा पोर्चुगलले  स्वीडेनलाई २-० ले पराजित गरेको हो । उनले ४५औं मिनेटमा पहिलो गोल गर्दै १०० गोल पूरा गरेका हुन ।

त्यसैगरी ७२औं मिनेटमा उनले दोस्रो गोल गरेका थिए । ३५ वर्षीय युभेन्ट्सका फरवार्ड रोनाल्डो अब सर्वाधिक अन्तराष्ट्रिय गोलको रेकर्डबाट ८ गोल टाढा रहेका छन।

अहिले सम्मा सर्वाधिक गोलको कीर्तिमान इरानका अली डेइको नाममा कायम छ। उनले इरानका लागि १९९३ देखि २००६ सम्ममा १०९ गोल गरेका थिए।

यसअघि नै सर्वाधिक अन्तराष्ट्रिय गोल गर्ने दोस्रो खेलाडी बनेका रोनाल्डोले २०१९ को नोभेम्बरमा लग्जेम्बरविरुद्ध ९९ गोल गरेको झन्डै एक वर्षपछि १०० गोल पुरा गरेका हुन। २००३ मा राष्ट्रिय टिम बाट डेब्यू गरेका रोनाल्डोले २००४ को युरो कपमा ग्रिसविरुद्धको खेलमा पहिलो अन्तराष्ट्रिय गोल गरेका थिए।