मेसी विश्वकै सर्वाधिक कमाउने खेलाडी, शीर्ष १० मा को-को ?


३० भदौ, काठमाडौं । बार्सिलोनाका फरवार्ड लिओनल मेसी विश्वकै सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका छन् । फोर्ब्सले सार्वजनिक गरेको २०२० को सर्वाधिक कमाइ गर्ने खेलाडीहरुको सूचीमा मेसी शीर्ष स्थानमा रहेका हुन् ।फोर्ब्सका अनुसार मेस्सीको वार्षिक आम्दानी १२ ।६ करोड डलर रहेको छ ।
प्रिमियर लिगका तीनजना खेलाडी मोहमद शलाह, पाउल पोग्वा र डेभिड डि गेया शीर्ष १० मा पर्न सफल भएका छन् । त्यस्तै, वेल्सका फरवार्ड गेराथ बेल पनि शीर्ष १० मा समावेश छन् ।
यस्तै रोनाल्डोले पारिश्रमिकबाट ७० मिलियन डलर र एनडोरसमेन्टबाट ४७ मिलियनसहित कूल ११७ मिलयन डलर कमाइ गरेका छन् ।

यस्तै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट खेल्ने फरवार्डद्वय नेमार र किलिएन एमबाप्पे क्रमश: तेस्रो र चौथो स्थानमा छन् । नेमारको वार्षिक कमाइ ९६ मिलयन डलर र एमबाप्पेको ४२ मिलयन डलर रहेको छ ।

यस्तै प्रिमियर लिग क्लब लिभरपुलका मोहमम्द सालाह पाँचौ र म्यानचेष्टर युनाइटेडका पउल पोग्वा छैटौं स्थानमा छन् । बार्सिलोनाका एन्टोनी ग्रीजमन सातौं, रियल मड्रिडका गारेथ बेल आठौं, बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्की नवौं र म्यानचेष्टर युनाइटेडका डेविड डे हेअ दशौँ स्थानमा छन् ।
यी हुन् सर्वाधिक कमाइ गर्ने १० खेलाडी

  1. लियोनल मेसी- १२६ मिलियन अमेरिकी डलर
  2. क्रिस्टियानो रोनाल्डो- ११७ मिलियन डलर
  3. नेमार- ९६ मिलियन डलर
  4. किलिएन एमबाप्पे- ४२ मिलियन डलर
  5. मोहम्मद सालाह- ३७ मिलियन अमेरिकी डलर
  6. पउल पोग्बा- ३४ मिलियन अमेरिकी डलर
  7. एन्टोनी ग्रीजमन- ३३ मिलियन अमेरिकी डलर
  8. गारेथ बेल- २९ मिलियन अमेरिकी डलर
  9. रोवर्ट लेवान्डोस्की- २८ मिलियन अमेरिकी डलर
  10. डेविड डे हेअ- २७ मिलियन अमेरिकी डलर