फुटबलका २३ खेलाडीसहित २९ जनाको कोरोना परीक्षण


२७ साउन, काठमाडौं । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा सहभागी हुने थप २३ खेलाडीको मंगलबार कोरोना संक्रमण परीक्षणका लागि नमुना स्वाब स‌ंकलन गरिएको थियो ।

विश्वकप छनोटका लागि प्रशिक्षण सुरु गर्ने तयारीमा रहेकाका खेलाडीहरुले पाटन अस्पतालमा मंगलबार स्वाब दिएका हुन् । मंगलबार २३ खेलाडी, टिम म्यानेजर मधुसुदन उपाध्याय, गोलकिपिङ प्रशिक्षक विकास मल्लसहित २९ जनाको स्वाब दिइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ ।

सोमबार ११ खेलाडी, २ अफिसियल र १२ कर्मचारी गरी २५ जनाको स्वाब दिइएको थियो । अहिलेसम्म कुल ५४ जनाको परीक्षणका लागि स्वाब दिइएको टिमका म्यानेजर मधुसुदन उपाध्यायले जानकारी दिए । स्वाब दिइएका खेलाडी र अफिसियलको रिपोर्ट बुधबार र बिहीबार आउनेछ ।

मंगलबार खेलाडीहरु तेज तामाङ, विकेश कुथु, आशिष लामा, अजित भण्डारी, एरिक विष्ट, सेसेहाङ आङ्दम्बे, बिक्रम लामा, अमत तामाङ, सुमन अर्याल, भरत खवास, सरोज दाहाल, अभिषेक रिजाल, सुवास गुरुङ, अनन्त तामाङ, सुनील बल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, विशाल श्रेष्ठ, रोहित चन्द, किरण चेम्जोङ, विकास खवास, जर्ज प्रिन्स कार्की, सुजल श्रेष्ठले स्वाब दिएका छन् ।

त्यस्तै अफिसियलहरु  टिम म्यानेजर मधुसुदन उपाध्याय,  कृष्णभक्त मानन्धर, गोलकिपिङ प्रशिक्षक विकास मल्ल, सञ्‍चारका विवेक सुवेदी र युजल श्रेष्ठ र चिकित्सक राजु डंगोलले पनि स्वाब दिएका छन् ।

-- Online Khabar