क्यानको नयाँ कार्यसमितीका पदाधिकारीद्वारा गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको भ्रमण


काठमाडौं, ६ असोज – नेपाल क्रिकेट संघ (क्यान)का नयाँ कार्यसमितीका पदाधिकारीहरुले पहिलो पटक चितवनमा बनिरहेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निरिक्षण गरेका छन ।

चितवनमा क्यानको कार्यसमितीको बैठक बस्ने क्रममा मंगलबार विहान पदाधिकारीहरु गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदानको भ्रमण गरेका हुन ।

करिव तीन अर्वको लगानी रहेको रंगशालाको प्याराफिटको बेस तयार भैसकेको छ ।  भ्रमण रहेका पदाधिकारीहरु लाइ सिताराम कट्टेल (धुर्मुस)ले रंगशाला निर्माणको कामका बारेमा जानकारी दिएका थिए । त्यस क्रममा क्यानका पदाधिकारीहरुले पनि रंगशाला निर्माणमा सक्ने सहयोग गर्ने बताएका थिए । देश तथा बिदेशमा रहेका नेपालीहरुको लगानी रहेको यो रंगशालालाई धुर्मुस सुन्तली फाउन्डेसनले बनाउँदै छ ।

क्यानको अध्यक्ष चयन भएपछि केहि महिना अगाडी चतुरबहादुर चन्दले पनि  गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदानको निरिक्षण गरेका थिए ।