बार्सिलोनाका सेमेडो वल्भ्समा अनुबन्धित


७ असोज, काठमाडौं । प्रिमियर लिग क्लब बार्सिलोनाले स्पानिस क्लब बार्डिलोनाबाट डिफेण्डर नेल्सन सेमेडोलाई भित्र्याएको छ । वल्भ्सले राइट ब्याक सेमेडोलाई ३७ मिलियन पाउण्डमा अनुबन्ध गरेको बीबीसीले जनाएका छन्  ।
म्याट डोहर्टी टोटनहम गएपछि वल्भ्सका म्यानेजर नुनो एस्प्रितो उनको विकल्पको खोजीमा थिए । वल्भ्सका कार्यकारी प्रमुख जेफ सीले विश्व स्तरीय क्लबबाट खेलाडी अनुबन्ध गर्न सधैँ अवसर नपाउने बताए ।
बार्सिलोनाले सेमेडोको सम्झौताको रकम ३० मिलियन युरो रहेको र १० मिलियन पछि थप हुने जनाएका छन् ।
तीन सिजन क्याम्प नोउमा बिताएका सेमेडोले बार्सिलोनाका लागि कूल १२४ खेल खेले । उनले २ गोल पनि गरेका थिए ।
वल्भ्सले सेमेडोलाई २०२३ सम्मको लागि अनुबन्ध गरेको हो । वभ्स्ले स्थायी रुपमा अनुबन्ध गरेको सेमेडो तेस्रो खेलाडी हुन् । वल्भ्सले यसअघि पोर्टोबाट फाबियो शिल्भा र लिभरपुलबाट कि जान होएभरलाई अनुबन्ध गरिसकेका छन् । 
गत सिजन वल्भ्सले राम्रो प्रदर्शन गरेको र इंग्ल्याण्डको एउटा महत्वपूर्ण टिम रहेकोले वल्भ्स रोजेको सेमेडोले बताएका छन् । उनले यस सिजन पनि राम्रो हुने अपेक्षा राखेको छ । 
सेमेडोले पोर्चुगलको राष्ट्रिय टोलीका लागि १३ खेल खेलेका छन् ।