म्यानचेष्टर युनाइटेड र काराबाओ क्लब क्वार्टरफाइनलमा


१५ असोज, काठमाडौं । प्रिमियर लिग क्लबद्वय चार दिनको अन्तरमा दोस्रो पटक ब्राइटनलाई हराउँदै म्यानचेष्टर युनाइटेड र एभरटन काराबायो कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
शनिबारमात्र प्रिमियर लिगमा खेल सकिएपछि पाएको पेनाल्टीको मद्दतले युनाइटेडले ब्राइटनलाई ३–२ गोलअन्तरले पराजित गरेको थियो । बुधबार भने अधिकांश दोस्रो रोजाइका खेलाडीहरु खेलाइएको खेलमा युनाइटेड ३–० गोल अन्तरले विजयी बन्यो ।
युनाइटेडको जीतमा स्कट म्याक टोमिनी, हुवान माटा र पाउल पोग्बाले एक–एक गोल गरे ।


उता, म्यान्चेस्टर सिटीले पनि बर्नलीलाई समान ३–० गोलले अन्तरले हराउँदै प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ ।
सिटीलाई जीत दिलाउन राहिम स्टर्लिङले २ तथा फेरान टोरेसले एक गोल गरे ।
त्यस्तै, डोमिनिक काल्भर्ट लेविनले सिजनको दोस्रो ह्याट्रिक गरेपछि एभर्टनले वेस्ट ह्यामलाई ४–१ गोलअन्तरले हरायो । जीतसँगै एभर्टन पनि प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
लेविनले खेलको ११, ७८ र ८४ मिनेटमा गोल गदै ह्याट्रिक पूरा गरे भने अर्को गोल रिचार्लिसनले गरे ।
बिहीबार लिभरपुल र आर्सनलको खेलपछि क्वार्टरफाइनलको ड्र सार्वजनिक गरिनेछ ।