लिभरपुललाई पेनाल्टीमा हराउँदै आर्सनल क्वाटरफाइनलमा


१६ असोज, काठमाडौं । लिभरपुललाई पेनाल्टीसुटआउटमा पराजित गर्दै आर्सनल इंग्लिस लिग कप (काराबायो) कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टीबाट नतिजाको टुङ्गो लगाइएको हो ।
आर्सनल इंग्लिस फुटबल लिग (इएफएल) कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
आर्सनलले बिहीबार राति भएको खेलमा लिभरपुललाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गर्दै अघिल्लो चरणमा स्थान पक्का गरेको हो।
योसँगै आर्सनलले गत साता लिभरपुलसँग प्रिमियर लिगमा ३-१ ले पराजित भएको हारको बदला लिएको छ।
खेलमा आर्सनलका गोलकिपरले लिभरपुलका दुई पेनाल्टी विफल पारेका थिए। उनले लिभरपुलका लागि पेनाल्टी हानेका डिभोक ओरिगी र ह्यारी विल्सन प्रहारलाई विफल पारेका थिए।
यस्तै आर्सनलका मोहमेद इलानेको प्रहार पनि पनि सफल हुन सकेन। अन्य खेलाडी भने पेनाल्टीमा गोल गर्न सफल भए। 
त्यसअघि निर्धारित समयको खेल गोलरहित बराबरीमा सकियो।
कपको अन्य खेलमा ब्रेन्टफोर्डले फुलहमलाई ३-० गोलले पराजित गरेको छ भने स्टोकले एस्टन भिल्लामाथि १-० को जित निकालेको छ। 
योसँगै कपको क्वार्टरफाइनलमा पुग्ने आठ टिमको टुंगो लागेको छ। कपमा आर्सनल, ब्रेन्टफोर्ड  र फुलहमसँगै न्युकासल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, एभर्टन र टोटेनहमले अन्तिम आठमा स्थान पक्का गरेका छन्।